मन्त्री सिंहको निधनमा सुदूरपश्चिममा आज शोक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने

दर्पण दैनिक ६ असार २०८०,०७:४६
post

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको  निधनमा बुधबार (आज ) शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार सवारी दुर्घटनामा निधन भएका मन्त्री  सिंहको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आज सुदूरपश्चिम प्रदेशका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ । गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो ।

दुर्घटनामा परेका मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

गम्भीर घाइते भएका मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर पुुर्याइएको भएपनि उनको उपचारका क्रममा मृत्यु भएको हो । सुदूरपश्चिम सरकारले आज विहान ९ बजे धनगढीको कभर्ड हलमा मन्त्री सिंहको श्रद्धाञ्जली सभा राखेको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: