सोलुखुम्बु । श्री बुढाकिन्जा आधारभूत विद्यालयले शिक्षा दिवसको अवसरमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम बुढाकिन्जा आधारभूत विद्यालयमा रहेको लालीगुराँस बालक्लबको आयोजनामा सम्पन्न गरिएको हो । सो प्रतियोगात्मक कार्यक्रममा लिखुपिके गाउँपालिका वडा नम्बर ५ मा अवस्थित श्री महादेव आधारभूत विद्यालय छिरिङखर्क, श्री सगरमाथा आधारभूत विद्यालय सगरडाँडा, श्री छिम्बु आधारभुत विद्यालय छिम्बु, श्री चन्द्रज्योति माध्यमिक विद्यालय भकान्जे र श्री बुढाकिन्जा आधारभूत विद्यालय किन्जा गरी ५ ओटा विद्यालयका कक्षा पाँचसम्म अध्ययनरत छात्रछात्राहरुले प्रतिस्पर्धा गरेका थिए ।
उक्त कार्यक्रम नेपाली पठनसीप, अङ्ग्रेजी पठनसीप, हिसाब दौड र बोरा दौड गरी ४ वटा विद्यामा सम्पन्न भएको थियो । नेपाली पठनसीपतर्फ सगरमाथा आधारभूत विद्यालय प्रथम, महादेव आधारभूत विद्यालय द्वितीय, चन्द्रज्योती माध्यमिक विद्यालय तृतीय र बुढाकिन्जा आधारभूत विद्यालयले सान्त्वना स्थान हाँसिल गरे । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद एक हजार पाँच सय, एक हजार, पाँच सय र तीन सय रुपैयाँँका साथमा प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै, अङ्ग्रेजी पठनसीपतर्फ बुढाकिन्जा आधारभूत विद्यालय किन्जा प्रथम, चन्द्रज्योति माध्यमिक विद्यालयका भकान्जे द्वितीय, महादेव आधारभूत विद्यालय छिरिङखर्क तृतीय र सगरमाथा आधारभूत विद्यालय सगरडाँडा सान्त्वना भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद एक हजार पाँच सय, एक हजार, पाँच सय र तीन सय रुपैयाँका साथमा प्रमाणपत्र प्राप्त गरे ।
बोरा दौडतर्फ छिम्बु आधारभूत विद्यालय छिम्बु प्रथम, चन्द्रज्योति माध्यमिक विद्यालय भकान्जे द्वितीय, महादेव आधारभूत विद्यालयका छिरिङखर्क तृतीय र सगरमाथा आधारभुत विद्यालय सगरडाँडाले सान्त्वना स्थान प्राप्त गरे । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद एक हजार पाँच सय, एक हजार, पाँच सय र तीन सय रुपैयाँका साथमा प्रमाणपत्र प्राप्त गरे ।
हिसाब दौडतर्फ चन्द्रज्योती माध्यमिक विद्यालय प्रथम, समान अङ्क प्राप्त गरेर छिम्बु आधारभूत विद्यालय र बुढाकिन्जा आधारभूत विद्यालय द्वितीय, सगरमाथा आधारभूत विद्यालयका तृतीय र महादेव आधारभूत विद्यालयले सान्त्वना स्थान ओगट्न सफल भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद एक हजार पाँच सय, एक हजार, पाँच सय र तीन सय रुपैयाँका साथमा प्रमाणपत्र प्राप्त गरे ।
कार्यक्रममा चन्द्रज्योति माध्यमिक विद्यालयका प्रधानध्यापक ल्हाक्पा शेर्पाले आयोजक लालीगुरास बालक्लबलाई धन्यवाद व्यक्त गर्दै अन्य आधारभूत विद्यालयले पनि यस्ता कार्यक्रम राखे विद्यार्थीहरुको प्रतिभा नजिकबाट नियाल्न सक्ने बताए ।
त्यस्तै लिखुपिके गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका संयोजक रेखराज बस्नेतले शिक्षा क्षेत्रमा वडा नम्बर ५ अग्र स्थानमा रहेको बताए । बस्नेतले प्रतियोगितामा विभिन्न स्थान हाँसिल गर्ने छात्रछात्राहरुलाई धन्यवाद दिए । उनले शिक्षा क्षेत्रमा लिखुपिके गाउँपालिकामा कुनैपनि कसर बाँकी नराख्ने जिकिर गर्दै विद्यालयमा केही समस्या भएमा विद्यालय व्यवस्थापन समिति मार्फत शिक्षा शाखा हुँदै गाउँपालिकामा पेश गर्न सुझाव दिए ।