काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले सबै सामुदायिक, संस्थागत विद्यालयमा स्थानीय पाठ्यपुस्तक निःशुल्क वितरण गरेको छ । ‘हाम्रो बुढानीलकण्ठ’ नामको नगरपालिकाले तयार गरेको कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यपुस्तक यसवर्षदेखि सबै विद्यालयलाई निःशुल्क उपलब्ध गराएको हो ।
नगरपालिकाकी उपप्रमुख अनिता लामाका अनुसार नगरपालिका कार्यालयमा अहिले धेरैजसो विद्यालयहरू पुस्तक लिन आइरहेका छन् । उपप्रमुख लामाले पाठ्यपुस्तकमा भएका केही त्रुटि, कमजोरीहरू संशोधन गरि पूर्ण छपाई गर्नुपरेकोले पुस्तक उपलब्ध गराउन ३ महिना ढिलाई भएको बताइन् ।
उनले अर्को वर्ष पूनर्लेखन सहित स्थानीय पाठ्यपुस्तक अझ शशक्त ज्ञानमूलक र रोचक बनाएर समयमै उपलब्ध गराउने बताइन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google