पीसीएल नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ८० प्रतिशत बढी फेल

दर्पण दैनिक १० मंसिर २०८०,१३:२३
post

काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले ३४औँ नर्सको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । जसमा ८० प्रतिशतभन्दा बढी नर्स फेल भएका छन् ।

शनिवार लिएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको लाइसेन्स परीक्षाको नतिजाले नर्सिङ पढाईको गुणस्तरमा प्रश्नचिह्न खडा गरेको छ ।

परीक्षा समितिकीका अनुसार पीसीएल नर्सिङतर्फ कुल १ हजार २७० जना सहभागी भएका मध्ये २४६ जना अर्थात् १९.३४ प्रतिशत मात्रै पास भएका छन् ।

यस्तै, शनिवार नै लिएको बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधाभन्दा बढी फेल भएका छन् । बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.०३) प्रतिशत उत्तीर्ण भएका छन् ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: