वीर अस्पतालकाे निर्देशकमा डा. दिलीप शर्मा

दर्पण दैनिक २७ फाल्गुन २०८१,१२:०२
post

काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्माले जिम्मेवारी पाएका छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा. शर्मालाई नियुक्ति दिइएकाे हाे । न्याम्स ऐन अनुसार उपकुलपति डा. भुपेन्द्र बस्नेतले आइतबार सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई डा. दिलीप शर्मा , डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेका डा. शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् । उनले प्रधानमन्त्री ओलीको क्याबिनेट चिकित्सकका रूपमा समेत काम गरिसकेका छन् । 

वीरको निर्देशक डा. सन्तोष पौडेलको दुईवर्षे कार्यकाल गत ४ फागुनमा सकिएपछि डा. समाज गौतमले निमित्त निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् । 

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: