काभ्रे । तेमाल गाउँपालिकाले ८ दिने निःशुल्क स्वास्थ्य ल्याव परिक्षण कार्यक्रम सञ्चालन गर्ने भएकाे छ । उक्त निःशुल्क स्वास्थ्य ल्याव परिक्षण कार्यक्रममा सुगरको जाँच, गर्भवती महिलाहरुका लागि एएनसी प्याकेज (ANC Package) का साथै ग्रामीण भिडियो एक्सरे (X-Ray) सेवा सञ्चालन गरिने पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवहरी पाठकले जानकारी दिए ।
पाठकका अनुसार निःशुल्क स्वास्थ्य ल्याव परिक्षण कार्यक्रम तेमाल गाउँपालिका १ मा रहेकाे सामुदायिक स्वास्थ्य ईकाइ सर्युखर्कबाट मंसिर २३ बाट सुरू हुनेछ । मंसिर २४ गते सामुदायिक स्वास्थ्य ईकाइ चुखामा, २५ गते सरमथली स्वास्थ्यचौकी, २६ गते वोल्देफेदीचे स्वास्थ्य चौकी, २७ गते ठुलोपर्सेल स्वास्थ्य चौकी, २८ गते चापाखोरी स्वास्थ्य चौकी, २९ मेच्छे स्वास्थ्य चौकी र ३० गते सामुदायिक स्वास्थ्य ईकाइ मैनाजाङमा सञ्चालन हुनेछ ।
निःशुल्क स्वास्थ्य ल्याव परिक्षण कार्यक्रम हरेक दिन बिहान १० बजे देखि दिउँसो १ बजेसम्म सञ्चालन हुने पाठकले बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google