तेमालकाे विद्यालय शिक्षालाई गुणस्तरीय र वैज्ञानिक बनाउन ठोस योजना बनाइरहेका छौँ : अध्यक्ष चन्द्र लामा

दर्पण दैनिक ६ भाद्र २०८०,०९:३०
post

काभ्रे । तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङ (लामा) ले तेमालको शैक्षिक सुधारको लागि गाउँपालिका ठोस योजनाका साथ अगाडि बढीरहेको बताएका छन् । तेमाल गाउँपालिका ६ मा रहेको श्री पञ्चकन्या माविको २४औँ अभिभावक सम्मेलन तथा ६६औँ वार्षिकोत्सव कार्यक्रममा बाेल्दै अध्यक्ष तामाङले आगामी दिनमा विद्यालयको शैक्षिक र भौतिक वृद्धि विकासको लागि आफू हरदम लागिपर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष तामाङले भने, ‘संविधानमा शिक्षालाई मौलिक हकको रूपमा उल्लेख गरेको छ । त्यसैले पढ्न पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार हो ।कोही पनि बालबालिका विद्यालय बाहिर नहोस् र विद्यालय शिक्षालाई गुणस्तरीय र वैज्ञानिक बनाउन गाउँपालिकाले ठोस योजना बनाइरहेका छौँ ।’

कार्यक्रममा वडा ६ का वडाध्यक्ष प्रेमबहादुर तामाङ शिक्षालाई सीपमा र सीपलाई उत्पादनमा जोड्ने वातावरण बनाउन वडा कार्यालय प्रतिबद्ध रहेको बताए । कार्यक्रममा शिक्षा शाखा प्रमुख कृष्ण घिमिरे, लेखा शाखा प्रमुख सूर्य प्रसाद त्रिपाठी लगायतका सहभागी थिए ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष विकुलाल तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा रमेशप्रसाद त्रिपाठीले आर्थिक प्रतिवेदन, प्रधानाध्यापक टङ्कमान लामाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: