संसद्‍मा रोकिएको शिक्षा ऐन अगाडि बढाउँछाैं : मन्त्री खनाल

दर्पण दैनिक २० माघ २०७९,२१:३७
post

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले संसद्‍मा रोकिएको शिक्षा ऐन अगाडि बढाउने बताएका छन् । गोदावरी नगरपालिका–११ बज्रबाराहीस्थित ज्योतिदय सहकारी माध्यमिक विद्यालयको रजत जयन्ती समारोहमा मन्त्री खनालले विद्यालय शिक्षालाई रुपान्तरणको बाटोमा लैजाने गरी संसद्मा रोकिएको शिक्षा ऐन अगाडि बढाउने बताएका हुन् ।

‘संविधानको परिकल्पना अनुसार हामीले विद्यालय शिक्षालाई रुपान्तरणको बाटोमा लैजाने गरी काम गर्नु आवश्यक छ’, मन्त्री खनालले भने । अहिलेको शिक्षा पद्धतिले वर्ग विभाजन गरेको छ भन्दै उनले यसलाई बेलैमा ध्यान दिएर सबैलाई समान रूपले शिक्षा हासिल गर्न पाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: