हिसान शैक्षिक मेलामा हस्तक्षेप नगर्न उच्च अदालतको अन्तरिम आदेश

दर्पण दैनिक ६ असार २०८०,२०:३८
post

काठमाडौं । उच्च अदालत पाटनले हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । हिसानलगायत शैक्षिक संस्थाको आयोजनामा सुरु गरिएको मेला महानगरले हस्तक्षेप गरेर रोकेको थियो । त्यसपछि मेला आयोजनक हिसानले महानगरको उक्त कदमविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।

अदालतको न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलाशले मेला नरोक्न आदेश दिएको हो । गत जेठ ३२ गतेदेखि सुरु भएको ४ दिने उक्त शैक्षिक मेलालाई महानगरले सुरु भएकै दिन रोकेको थियो ।

शैक्षिक मेलाको नाममा एसईईको नतिजा आउनुअघि नै विद्यार्थी भर्ना गरेको, महानगरसँग अनुमति नलिएकोलगायतका विषयमा असन्तुष्टि जनाउँदै महानगरले उक्त मेला रोकेको थियो ।

अदालतको आदेशमा भनिएको छ– ‘उक्त सामग्रीहरू निवेदक संस्थालाई नै उपयोग गर्न दिनू, एडुफेयर मेला सुचारु गर्न सन्दर्भमा गर्ने तयारी तत् तत्‌सम्बन्धी कामकारबाही गैरकानुनी रुपमा अवरोध वा हस्तक्षेप गर्नेजस्ता अनधिकृत कार्य नगर्नूरनगराउनू भनी विपक्षीहरूको नाउँमा प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्मका लागि मुलुकी देवानी कार्यविधि २०७४ को दफा १५८ र उच्च अदालतको नियमावली २०७३ को निमय ४२ बमोजिम यो अन्तरिम आदेश जारी गरिदिएको छ ।’

अदालतको आदेशपछि उक्त मेला ८ असारदेखि ३ दिनसम्म आयोजना गरिने आयोजक हिसानले जनाएको छ ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: