खानीखोलाको श्री शारदा माविद्वारा आन्तरिक अतिरिक्त क्रियाकलाप आयोजना

दर्पण दैनिक २२ असार २०८१,२०:३१
post

काभ्रे । खानीखोला गाउँपालिका वडा नं ६ मा रहेको श्री शारदा माध्यमिक विद्यालयले हरेक हप्ता शुक्रबार विद्यार्थीहरु बीच आन्तरिक  अतिरिक्त क्रियाकलाप गराउदै आएको छ । विभिन्‍न अतिरिक्त क्रियाकलापहरु सञ्‍चालन गर्दै आइरहेको विद्यार्थीहरु सो यो शुक्रबार (आज) पनि विभिन्न कार्यक्रम आयोजना गरेको हो । 

विद्यालयले यो शुक्रबार भने बाल कक्षादेखि कक्षा २ सम्मका विद्यार्थीहरुलाई रबको बेलुन फुटाइ प्रतियोगिता, कक्षा ३ र ४ का विद्यार्थीहरुको बीचमा चक्लेटी दौड र कक्षा ५ देखि १० सम्मको विद्यार्थीहरु लाई भने चम्चा गुच्‍चा दौड प्रतियोगिता गराएको छ । 

सो प्रतियोगितामा विद्यार्थीहरु उत्साह र जोस जागँरका साथ खेलमा सहभागि भएको सह–प्रधानध्यपक रामकुमार अधिकारीले जानकारी दिए । सो अतिरिक्त क्रियाकलाप कार्यक्रममा विद्यालयका कक्षा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

 

 

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: