
सोलुखुम्बु । खेम्बु साङ्गे शेर्पाको अगुवाइमा लिखुपिके गाउँपालिका वाडा नम्बर पाँच छिरिङखर्कमा अवस्थित श्री महादेव आधारभूत विद्यालयलाई स्टेसनरी (शैक्षिक) सामाग्री प्रदान गरिएको छ । सो विद्यालयलाई कापी, सिसाकलम, इरेजर, कटर, फोटोकपी पेपर लगायतका स्टेसनरीका सामाग्री प्रदान गरिएको हो ।
स्टेसनरीका सामाग्री प्रदान गर्दै शेर्पाले महादेव आधारभूत विद्यालयलाई आगामी तीन वर्षसम्म स्टेसनरीका सामाग्रीहरु निरन्तर सहयोग गर्ने बताए । त्यस्तै, विद्यालयलयकी प्रअ सोममाया तामाङले स्टेसनरीका सामाग्रीहरुका प्राप्त भएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको बताइन् ।
कापी, सिसाकलम, इरेजर तथा कटरलगायतका शैक्षिक सामाग्री पाउँदा विद्यार्थीहरु खुसी भएका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google