रेस्लर मुना श्रेष्ठ, जोसँग हत्तपत्त भिड्दैनन् महिला

दर्पण दैनिक १९ चैत्र २०७९,११:४३
post

काठमाडाैं । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र पुरुषका बीचमा पनि प्रतिस्पर्धा हुन्छ र भन्ने पनि लाग्दो हो ।

आफूलाई ‘लेडी ड्र्यागन’ नामले चिनाउने मुना श्रेष्ठ यस्तो रेस्लर हो– जो पुरुषसँगै खेल्छिन् । उनी महिला रेस्लरभन्दा पनि पुरुष रेस्लरसँग बढी प्रतियोगिता खेल्दै आएकी छन् । खोटाङको दिक्तेलमा जन्मेकी यी नेपाली रेस्लरको प्रतिस्पर्धा नेपालमा मात्र सीमित छैन, विभिन्न देशमा खेलेर अन्तर्राष्ट्रिय अवार्ड पनि हात पारेकी छन् । 

'रेस्लिङ हेर्दा थोरै वास्तविकता धेरै नाटक भन्ने आम मानिसलाई लाग्न सक्छ तर मैले खेल्ने रेस्लिङ मनोरञ्जन नभई पूरै वास्तविकता हुन्छ', नेपाली रेस्लर मुना भन्छिन् । महिलाले महिलासँग खेल्ने खेलाडी त धेरै छन् तर हाम्रो समाजमा महिलाले पनि पुरुषसरह खेल्न सक्छन् भन्ने उदाहरण दिनका लागि पनि आफूले पुरुष रेस्लरसँग खेल्ने गरेको उनी बताउँछिन् । त्यसो त उनीसँग महिला खेल्न पनि मान्दैनन् ।

सन् २०१७ देखि खेल्न सुरु गरेकी मुनाले विशेषगरी तीन विधामा रेस्लिङ खेल्दै आएकी छन् । यसमा हार्डकोर (साइन गरेर खेल्न), फायर म्याच (आगोमा खेल्ने) र ब्लड म्याच छन् । यी तीनै खेल निकै कठिन हुने र ज्यानको बाजी राखेरै खेल्नुपर्ने उनको अनुभव छ ।  नेपाली समाजमा पुरुषभन्दा महिला केहीमा कम छैनन् भन्ने उदाहरणीय कामका लागि पनि पुरुष रेस्लरसँग बढी खेल्ने गरेको उनको भनाइ छ । उहाँले खेल्ने हरेक खेल नाटकीय नभई यथार्थपरक हुने गरेको छ ।

उनले हार्डकोर, फायर म्याच र ब्लड म्याच विधाको खेलमा पुरुष रेस्लरसँगै खेल्दै आएकी छन् । उनको अनुभव छ कतिपय देशका महिला खेलाडी पनि उनीसँग खेल्न डराउँछन् । त्यसकारण पनि उनी पुरुषसँग खेल्नुपर्ने हुन्छ ।

विशेषगरी रेस्लिङ मनोरञ्जनमुखी खेल भएका कारण हार्डकोर खेल्ने खेलाडीसँग खेल्न अन्य महिला रेस्लर रुचाउँदैनन् र सक्दैनन् पनि । हार्डकोर मनोरञ्जनभन्दा पनि वास्तविक हुन्छ र यो कठिन हुन्छ । यस खेल खेल्नुअघि पहिला नै खेलाडीलाई खेल दौरान रिङमा केही भइहाले वा ठूलै चोटपटक लागेमा खेलाडीको परिवारले खोज्न या विरोध गर्न पाउँदैन भनेर सुरुमै हस्ताक्षर गराएको हुन्छ । त्यसकारण पनि स्वदेशी तथा विदेशी महिला रेस्लरले आफूसँग खेल्न नमान्ने उनको भनाइ छ ।

'रिङमा कुटाकुट गरेको दृश्य देख्दा दर्शक जति उत्साहित हुँदै ताली पिट्छन् त्यति नै रिङमा आफूले जोखिम उठाउनुपर्ने हुन्छ, कहिलेकाहीँ त ज्यानै जाने सम्भावना पनि हुन्छ । यसकारण पनि महिला खेलाडी यस खेलमा त्यति उत्साहित छैनन्', उनको अनुभव छ ।

कतिपय खेलमा त रगतको धारा बगेको र त्यो निको हुन महिनौँ लागेको अनुभव पनि उहाँसँग छ । यसका बाबजुद पनि उनी देशको नाम राख्न हरदिन मिहिनेत गर्छिन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भेट्टाएसम्म छोड्दिनन् । 

सन् २०१७ मा आफूले रेस्लिङ सुरु गरे पनि विभिन्न प्राविधिक समस्याले अगाडि बढ्न नसकेको उनी बताउँछिन् । कतिपय आफ्नै मान्छेले आफ्नो भावना र गतिअनुरुप खेललाई अघि बढ्न नदिएको उनले सुनाइन् । धेरै बाधा अड्चनका बाबजुद रेस्लिङलाई नै अगाडि बढाउँछु भन्ने दृढ विश्वासका साथ उनले सन् २०१९ मा आफ्नै नाममा युडब्लुइ (अल्टिमेट रेस्लिङ इन्टरटेन्मेन्ट) कम्पनी खोलेर रेस्लिङलाई निरन्तरता दिइन् । हाल उनको कम्पनीमा १९ जना महिला रेस्लर रहेका छन् । यसै कम्पनीबाट पछिल्लोपटक उनले भारतमा यसै महिना सम्पन्न अन्तर्राष्ट्रिय रेस्लिङ च्याम्पियनसीपमा भारतीय खेलाडीलाई पछि पार्दै उपाधि जितिन् । 

त्यसअघि उनले सन् २०१९ मा नेपालमा भएको एसियन अन्तर्राष्ट्रिय महिला रेस्लिङ च्याम्पियनसीपमा भारतीय खेलाडीलाई पराजित गर्दै उपाधि हासिल गरेकी थिइन् । त्यस्तै उनले सन् २०२१ मा पाकिस्तानले आयाजना गरेको वल्र्ड हेब्बीवेट रेस्लिङ च्याम्पियनसीपमा उपाधि जितिन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेस्लिङ च्याम्पियनसीपमा उनले हालसम्म २७ वटा प्रतियोगितामा भाग लिएकी छन् । त्यसमध्ये नौवटा अन्तर्राष्ट्रिय च्याम्पियनसीपमा सहभागिता जनाइन् । सत्ताइस खेलमध्ये दुई–तीनवटा च्याम्पियनसीपबाहेक सबै खेलमा पुरुष रेस्लरसँग खेलेको उनको भनाइ छ ।

'आफूभन्दा धेरै उचाइ र तौल भएको पुरुष खेलाडीसँग खेल्न गाह्रो नै हुन्छ । शरीरका जुनसुकै भागमा पनि प्रहार गर्न सक्छन् । कतिपय खेलमा त दुई मिनेटसम्म बेहोस भएको स्थिति पनि छ तर दर्शकको हुटिङले गर्दा उठेर त्यस खेलाडीलाई पराजित पनि गरेको छु', उन स्मरण गर्छिन् ।

खेल खेल्दा महिला पुरुष भन्ने हुँदैन छातीमा बुटले पनि हानिराखेका हुन्छन् र आफूले पनि प्रहार गरिराखेको भएर खेल खेल्दा यो महिला त्यो पुरुष भन्ने फिल हुँदैन', उनी भन्छिन् । यही चैतमा भारतमा भएको च्याम्पियसीपमा चार दिनसम्म उनले अस्पताल बस्नुपरेको थियो । खेल दौरान भारतीय खेलाडीले टयुबलाइटले प्रहार गर्दा भोलिपल्ट ७ बजेसम्म रगत रोकिएको थिएन । खेलका क्रममा शरीरमा धेरै चोटपटक लागे पनि आफू यसैमा रमाउने भन्दै अबको छ–सात वर्षसम्म रेस्लिङलाई नै निरन्तरता दिने उनी बताउँछिन् ।

बाबा–आमाकी कान्छी सन्तान उनले नेपाली रेस्लर बन्ने प्रेरणा भने आफ्ना बुवाबाट प्राप्त भएको बताइन् । बच्चैदेखि खेल क्षेत्रमा अग्रसर रहने उनी विद्यालयमा दौड, हाइजम्पलगायत खेल्ने गर्थिन् । देशमा माओवादी द्वन्द्व सुरु भएपश्चात उनी पनि भूमिगत भएकी थिइन् । त्यतिबेला समय र परिस्थितिका कारण घर छाड्न बाध्य भएको उनको भनाइ छ । भूमिगत भएपछि उनका सङ्घर्षका दिनहरू सुरु हुन थाले र माओवादी लडाकु बन्दै जनयुद्धको बेलामा कैयौँ भिडन्तमा ज्यान जोगाउन मुस्किल परेको उनी सम्झन्छिन् । 

दुईवटा बच्चाकी आमा उनका सङ्घर्षका दिनहरू निकै कठिन छन् । कतिपय अवस्थामा घरमै शारीरिक र मानसिकलगायतका यातना भोग्न बाध्य भएकी उनले बुवाआमाको इज्जतका लागि पनि अनेक खालका हिंसा सहेर बसेको सुनाइन् । 

जीविकोपार्जनका लागि श्रम गर्न खोज्दाका अप्ठेरा पनि अनेक छन् उनीसँग । यी अनेक चुनौतीका बाबजुद पनि सङ्घर्ष गरेर आज आफ्नो देशको नाममा, देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय प्रतिस्पर्धा जित्न सक्ने एक खेलाडीका रूपमा आफूलाई स्थापित गर्न सकेकामा उनी खुसी छिन् । आफूलाई बलियो बनाएर समाज र देशका लागि केही गर्छु भनेर रेस्लिङ क्षेत्रमा लागेकाले आज आफ्नो र देशको नाम राख्न सकेको उनको भनाइ छ । आज खेल क्षेत्रको माध्यमबाट विदेशमा देशको नाम चिनाउन पाउँदा आफूलाई गर्व महसुस हुने र आफूले विगतमा सहेखपेका अनेक हिंसा र अप्ठेराहरू बिर्सने गरेको उनी बताउँछिन् ।
 
युडब्लुइ (अल्टिमेट रेस्लिङ इटरटेनमेन्ट)को आयोजनामा यही चैत २४ गते रेस्लिङअन्तर्गतको फायर म्याच पनि हुँदैछ । उक्त प्रतियोगितामा नेपाल र भारतको सहभागिता रहने जानकारी उनले दिइन् । उक्त म्याचको अन्तिम तयारीमा जुटेकी मुनाले खेलका लागि विदेशी खेलाडीहरू आउने क्रम सुरु भएको जानकारी दिइन् । रासस

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

डा. रुइत जन्मभूमि फर्किँदा...

२४ फाल्गुन २०७९,०७:५०
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: