काठमाडौं । गायिका प्रविशा अधिकारीको स्वरमा रहेको ‘यहीं कतै २' गीतको भिडियो सार्वजनिक भएको छ ।
किरण पुनको शब्द तथा सुवास भुषालले संगीत र उदयराज पौडेलको एरेन्ज गीतमा रहेको छ ।
प्रेम कथामा आधारित गीतमा जीवनका सुनौला पलहरूलाई आकर्षक रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
जेनिशा निर्देशित यहीं कतै बोलको गीतमा जेनिशा र कमल घिमिरेको अभिनय देख्न सकिन्छ ।
गीतको भिडियोमा अष्ट्रेलियाको सिड्नी आसपासका विभिन्न स्थानमा छायाँकन गरिएको हो ।
भिडियोमा ओम गोरखालीको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ।