जीवनेश्वर मन्दिरमा करोड बत्ति बालिँदै

दर्पण दैनिक १२ जेष्ठ २०८०,२०:४३
post

ललितपुर । गोदावरी नगरपालिका वडा नम्बर १० मा अवस्थित जीवनेश्वर मन्दिर परिषरमा विश्व शान्ति र पीतृ मोक्षका लागि एक करोड बत्ति बालिँदैछ । जीवनेश्वर मन्दिर करोड बत्ति समितीको आयोजनामा भोलि शनिबार करोड बत्ति बाल्न लागिएको हो । 

काठमाडौं उपत्यककामै दुर्लभ मानिएको करोड बत्ति प्रज्वलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको समितीका अध्यक्ष अर्चना न्यौपानेले जानकारी दिइन् । करोड बत्ति बाल्नका लागि शुक्रबारै ४ सय वटा पालामा प्रति पाला २५ हजार बत्ति भिजाएर बाल्नका लागि तयारी अवस्थामा राखीएको समितीका उपाध्यक्ष यादवराज चालिसेले जानकारी दिए । न्यौपाने गाउँमा रहेको मन्दिरमा करोड बत्ति बाल्ने संकल्प लिएर बासुदेव लुईटेल करिब २ बर्ष अघि देखी बत्ति र नगद सहयोगका लागि खटेका थिए । 

वरपरका मुलडोल , झ्यालुन्टार, बोहोराटार , विष्टगाउँ, डाँडागाउँ, टाहाखेल, पारीगाउँ, प्याङगाउँ, चापागाउँ, सल्यान लगायतका अन्य स्थानबाट अत्याधिक भक्तजनको सहभागीता रहने अनुमान आयोजक समितीको छ । दिउँसो साँढे १२ बजे महासंकल्प गरेपछि दिउँसो १ बजे करोड बत्ति बालिने तयारी रहेको प्रचार कमिटी संयोजक नवीन लुईटेलले जानकारी दिए । उनका अनुसार ब्रम्हा विष्णु महेश्वरको पूजा गरेपछि बत्ति संकल्प गरिने् छ । बत्ति बालिसकेपछि ४ बजे भागवतको  तिल चढाउने कार्यक्रम छ । 

यो धार्मिक अनुष्ठानका लागि गोदावरी नगरपालिकाका १४ वटै वडाबाट सहयोग मिलेको समितीकी सचिव देवकी न्यौपानेलले जानकारी दिईन् । करोड बत्तिको उपलक्ष्यमा मन्दिर परिषरमा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ पनि गत आइतबारबाट चलिरहेको छ । पंण्डित कपिलदेव भट्ट महाराजले सप्ताहमा कथावाचन गरिरहेका छन् । गत शनिबार नगरपरिक्रमा सहित कलश यात्रा गरेर यो अनुष्ठान सुरु भएको हो । जीवनेश्वरमा भएको धार्मीक अनुष्ठानमा यो गाउँकै पहिलो सार्वजनिक धार्मीक कार्यक्रम हो ।


सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: