एनआरएनको अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

दर्पण दैनिक ११ आश्विन २०८०,१८:००
post

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएन) को आसन्न एघारौँ महाधिवेशनमा रविना थापाले अध्यक्षमा उम्मेदवारी दिने भएकी छन् । बिहीबार काठमाडौंको र्‍याडिसन होटेलमा बिहीबार पत्रकार सम्मेलन गरी कार्यकारी अध्यक्ष रहेकी थापाले फेरि अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी हुन् । उम्मेदवारी घोषणा गर्दै उनले प्रत्येक गैरआवासीय पञ्जीकृत सदस्यले मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्नेसहितका २५ बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गरिन् । 

आफू नेतृत्वमा पुगे एनआरएन ग्लोबल फन्ड स्थापना गरिने उनले बताइन् । 'जुन गैरआवासीय नेपाली संघको सबैभन्दा ठूलो कोष हुनेछ । यो कोष नेपाल र नेपालीको समृद्धिका लागि सारथी मात्र होइन, संकट पर्दाको सञ्जिवनी पनि हुनेछ,' उनले भनिन् ।

यसैगरी, नेपालको पर्यटन प्रवर्द्धनका लागि योजना तथा आवश्यक समन्वय गर्दै पर्यटनका लागि सद्‌भावना दूतको मान्यतालाई स्थापित गरिने उनले बताइन् । कार्यक्रममा विभिन्न देशबाट प्रतिनिधिहरू जुममार्फत सहभागी थिए । 

थापाको पक्षमा भोट माग्दै अभिनेत्री करिश्मा मानन्धरले गैरआवासीय नेपाली संघको नेतृत्व महिलालाई दिँदा संस्था थप चुस्त हुने तर्क गरिन् ।  उनले भनिन्, 'महिला नेतृत्व हुँदा जुनसुकै काम संवेदनशील तरिकाले गर्ने भएकाले यसपालिको एनआरएनएको गाडी रविनाजीलाई जिम्मा लगाउनुपर्छ ।'

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: