युवतीहरुलाई काठमाडौंका बार, क्लव र दोहोरीमा पुर्‍याएर बेश्यावृत्तिमा लगाउने ३ जना पक्राउ

दर्पण दैनिक १४ चैत्र २०७९,०७:२४
post

काठमाडौं । नेपाल प्रहरीले मानव बेचबिखनमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँका विभिन्न बार, क्लब, क्याफे, दोहोरी साँझमा काम गर्ने नौजना युवतीलाई भारतको नयाँदिल्लीस्थित विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षण काम पाइने भनी प्रलोभनमा पारेर भारतको नयाँदिल्ली पुर्‍याएर बेश्यावृत्तिमा लगाउने तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।  

पक्राउ पर्नेमा मकवानपुर भीमफेदी गाउँपालिका–९ की २० वर्षीय सम्झना तामाङ भनिने सेन्जी तामाङ, धादिङ धुनबेँसी नगरपालिका–२ का २५ वर्षीय भुवन तामाङ र धादिङ धुनबेँसीकै २० वर्षीय सुस्मा मग्राती रहेका छन् । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले नेपाली युवतीलाई विभिन्न प्रलोभनमा पारेर भारतमा लगेर वेश्यावृत्तिमा लगाएको गोप्य सूचनाका आधारमा भारतस्थित नेपाली दूतावास र भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको जानकारी दिए ।


प्रहरीले पक्राउ परेका तीनैजनालाई आज जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता पङ्गेनीले बताए । रासस

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: