
काठमाडौं । सन् २०२४ (हज १४४५) को हज जाँदा लाग्ने दोस्रो किस्ताको रकम फाल्गुन ११ सम्म बुझाउन नेपाल हज समितिले अनुरोध गरेको छ । सूचना जारी गर्दै नेपाल हज समितिले यस्तो अुरोध गरेको हो । आवेदन नदिएकाहरुले पुनः आवेदन दिन पाउने समितिले जनाएको छ ।
अध्यक्ष शमशेर मियाँले जा्री गरेको सूचनामा भनएिको छ,
हज समितिले मिति २०५० श्रावण ३० गते र मिति २०६० कार्तिक २२ गते प्रकाशन गरेको सूचना बमोजिम आवेदन गरेका आवेदकहरूले हज शुल्कको दोस्रो किस्ता वापत रू दुई लाख पैंसठ्ठी हजार नेपाल हज समितिको राष्ट्रिय वाणिज्य बैंक, सिंहदरवारमा रहेको खाता नं ११३०१०००००३९६००१ मा बुझाई सक्कल भौचर र आवेदकको राहदानी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मिति २०६० फागुन ११ गते सम्म बुझाउनु हुन सम्बन्धित सबैको लागि सूचित गरिन्छ । साथै यस अगाडिको सूचनाको म्याद भित्र आवेदन गर्न छुट भएका इच्छुक नेपाली इस्लाम धर्मावलम्बीहरूले समेत हज शुल्क वापत एकमुष्ट चार लाख पन्ध्र हजार उल्लेखित बैंकको खातामा बुझाइ आवेदन फाराम सहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सक्कल भौचर र राहदानी बुझाउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।
थप जानकारी एवं आवेदन फाराम Download गर्नका लागि नेपाल हज समितिको सचिवालय, सिंहदरवारको वेवसाइट nepalhajj. moha.gov.np मा भ्रमण गर्नुहुन र फोन नं ०१-४२१११०४ /७२ वा इमेल ठेगाना nepalhaj@gmail.com मार्फत सम्पर्क गर्न सकिनेछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google