काठमाडौं । काठमाडौं फोटोग्राफर संघको आयोजनामा निःशुल्क आँखा शिविर कार्यक्रम हुने भएको छ । संघले यहीं असोज २७ गते शनिबार के एण्ड के कलेज नयाँ बानेश्वरमा विजयदशमी, दिपावली, नेपल सम्वत, छठको अवसरमा शुभकामना, चियापान तथा निःशुल्क आँखा शिविर कार्यक्रम आयोजना गर्न लागेको हो
संघका अध्यक्ष हरि प्रसाद घिमिरेले कार्यक्रममा सहभागी भएर लाभ लिन सम्पूर्ण फोटोग्राफरहरु लाई अनुरोध गरेका छन् । उनले मधुमेहबाट हुने आँखाको बिरामीलाई विशेष चेकजाँच हुने बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google