रिकोडद्वारा देवीचौरको देउरालीमा लैङ्गिक समानतासम्बन्धी र्‍याली र अनुशिक्षण

दर्पण दैनिक ३० जेष्ठ २०८०,२०:४५
post

ललितपुर । गोदावरी नगरपालिका-७ देवीचौरको देउरालीमा लैङ्गिक समानताबारे रिकोडले र्‍याली प्रदर्शन गर्नुका साथै अनुशिक्षणसमेत गरेको छ । 

ग्रामीण सामुदायिक संस्था विकास (रिकोड) को आयोजनामा स्थानीय महिला र स्वास्थ्य स्वयम्सेविकाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा अधिवक्ता आर्जु कार्कीले लैङ्गिक समानता र लिङ्गभेदका बारेमा कानुनद्वारा गरिएका व्यवस्थाका साथै व्यवहारिक पक्षका बारेमा अनुशिक्षण गरेकी हुन् । 

उनले जुनसुकै लिङ्गको व्यक्तिलाई पनि आत्मसम्मानका साथ बाँच्न पाउने अधिकार रहेको बताउँदै संविधान र ऐन कानुनले महिलालाई अग्राधिकार दिएको बताइन् ।  

'महिलाको अवस्थालाई मध्यनजर गरी अग्राधिकार दिइएको छ । तर, समानता भन्ने मुलमन्त्रलाई हामीले बिर्सनु हुँदैन । तसर्थ जन्मले कोही सानोठूलो वा उचनिच हुँदैन । सबै समान हुन्छन् ।'-अधिवक्ता कार्कीले भनिन् । 

लैङ्गिक समनताले मात्रै मुलुकको विकास हुने हुँदा लिङ्गका आधारमा कुनै पनि विभेद स्वीकार्य नहुनेमा उनको जोड रहेको छ ।

रिकोडले देवीचौरमा सन् २०२२ को अप्रिलदेखि खाद्य सुरक्षा तथा पोषण सुधार परियोजना लागु गरेको छ । सो परियोजनमार्फत महिला शसक्तिकरण र पोषण सुधारका क्षेत्रमा आफ्ना क्रियाकलाप सञ्चालन गर्दै आएको रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले जानकारी दिइन् ।  

कार्यक्रममा तिमल्सिनाले समाज परिवर्तनका लागि सबै पक्ष सक्षम हुन जरुरी रहेको बताइन् । उनले लिङ्गका आधारमा गरिने विभेद कानुनद्वारा दण्डनीय भएकाले यस्ता सबैखाले विभेदको जरा पत्ता लगाएर निर्मुल पार्न समाजका सबै पक्ष क्रियाशील हुनु पर्ने बताइन् ।  स्थानीय तहले पनि लैङ्गिक हिंसा न्युनिकरणका लागि आवश्यक नीतिहरू ल्याउनु पर्नेमा तिमल्सिनाले जोड दिइन् । 

१ सय जनाको सहभागितामा सञ्चालित कार्यक्रम हुनु पूर्व देउरालीको दुधेश्वरी आधारभूत विद्यालयदेखि विभिन्न प्लेकार्डमा लैङ्गिक समानताका बारेमा लेखिएका सन्देशसहित निकालिएको र्‍याली दुधेश्वरी मन्दिर, भ्यू टावर पुगेर अनुशिक्षणमा परिणत गरिएको थियो । 

रिकोडकी प्रतिनिधि तिमल्सिनाका अनुसार आमा समूहमा आबद्ध महिलाका लागि पोषण सत्र, सासू आमाहरूका लागि पोषणसम्बन्धी अभिमुखिकरण, किशोरकिशोरीका लागि प्रजनन् स्वास्थ्य र पोषणसम्बन्धी जानकारी, समूह र वित्तीय व्यवस्थापनसम्बन्धी तालिम, आयआर्जन र पोषण सुधारका लागि कृषक लक्षित कृषि र भेटेरिनरी तालिम तथा करेशाबारीमा लगाउने तरकारीका बिउबिजन सहयोग लगायतका क्रियाकलाप सञ्चालनमा छन् । 

कार्यक्रममा सहभागी स्थानीय धनमाया तामाङले महिला अधिकारका लागि सङ्घसंस्थाले बाटो देखाएपनि अधिकारको कार्यान्वयन सरकारले नै गर्नु पर्ने बताइन् । 

स्वयम्सेविकाले अधिकारको उपयोग गर्नका लागि आफ्नो तर्फबाट कर्तव्य पालना गर्नै पर्ने बताइन् ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: