काठमाडौ । काठमाडौँ महानगरपालिका कार्यपालिका अन्तर्गतका विधायन समिति र सुशासन समितिका संयोजकहरुले मंगलवार (आज) समितिको बैठक बोलाएका छन् । जेठ १ गते ४ वटा समितिका संयोजकहरु हेरफेर भएका थिए । काठमाडौँ महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएका हुन् ।
परिवर्तन गरिएका समितिहरुमा सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समिति छन् । सुशासन समितिका सदस्य सचिव ध्रुवकुमार काफ्ले, विधायन समितिका सदस्य सचिव बसन्त आचार्य तथा प्रमुखको सचिवालयका तर्फबाट प्रमुख स्वकीय सचिव भुपदेव शाह वडा कार्यालयमा पुगेर समितिका संयोजकहरुलाई शुभकामना दिएका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google