प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले २ विधेयक पेस गर्दै आज

दर्पण दैनिक ५ चैत्र २०७९,०७:१७
post

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (आइतबार) दिउँसो १ बजे बस्ने भएको छ ।  आइतबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र, प्रतिनिधि सभाको रिक्त एक स्थानको ब्यहोराको जानकारीसहित केही प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । 

सभामुख देवराज घिमिरेले आइतबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनेछन् । यस्तै, प्रतिनिधि सभा सदस्यको १ स्थान रिक्त रहेको बेहोरा पनि सभामुखले जानकारी गराउनेछन् । 

यस्तै, आइतबारको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । 

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक २०७९’ पेस गर्ने कार्यसूची छ । 

आइतबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले नै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेस गर्ने कार्यसूची छ ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७