जिल्ला अदालतका ३५ न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस (सूचीसहित)

दर्पण दैनिक २५ श्रावण २०८१,२०:१०
post

काठमाडौँ । न्याय परिषदले देशभर रिक्त ३५ जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । न्याय परिषदको आज (शुक्रबार) बसेको बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा नियुक्ति सिफारिस गरेका हो । 

यसरी सिफारिस हुनेमा यसअघि जिल्ला न्यायाधीशको परीक्षामा सहभागी भए असफल भएकाहरू पनि अटाएका छन् । संविधानले उनीहरू योग्य हुने भनेकाले परिषदले उनीहरूलाई पनि समावेशी गरी जिल्ला न्यायाधीश  सिफारिस गरेको परिषदले दाबी गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद बैठकले उनीहरूको सिफारिस गरेको हो ।  उच्च र सर्वोच्च अदालतमा पनि न्यायाधीश रिक्त छ । उच्च अदालतमा १० र सर्वोच्च अदालतका ४ जनाको पद रिक्त रहेको छ । न्यायाधीश अभावको समस्या सबैभन्दा धेरै सर्वोच्चले भोगिरहेको छ । तर परिषद्ले जिल्लाबाट नियुक्तिको थालनी गरेको हो । 

यसअघि लोकसेवा आयोगले जिल्ला न्यायाधीशका लागि परीक्षा लिएको थियो । उक्त परीक्षामा न्यून मात्र उत्तीर्ण भएका थिए  । संविधानले नै परीक्षाको माध्यमबाट जिल्ला न्यायाधीशमा निश्चित कोटा नियुक्ति गर्ने व्यवस्था गरेको छ । तर हरेक वर्ष न्यून मात्र उम्मेदवार उत्तीर्ण हुने हुँदा फेल भएका योग्य जनशक्तिबाटै पुनः परिषदले नियुक्ति गर्ने गरेको छ । 
 

जिल्ला न्यायाधीशमा सिफारिस भएकाहरूको नामावली

नारायण रिमाल, जिल्ला न्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालय, ताप्लेजुङ

यामबहादुर बानियाँ, जिल्ला न्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालय, नुवाकोट

रुद्रप्रसाद सुवेदी, उपन्यायाधियक्ता, महान्यायाधिवक्ताको कार्यालय

धर्मराज पौडेल, जिल्ला न्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालय, बारा

टंकबहादुर महत, उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

सुवर्णमान बनेपाली, उपन्यायाधिवक्ता, अख्तयार दुरुपयोग अनुसन्धान आयोग

तीर्थराज भट्ट, रजिस्ट्रार, उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास

सरिता रायमाझी, उपसचिव, युवा तथा खेलकुद मन्त्रालय

प्रतिमाकुमारी भट्टराई पोखरेल, उपन्यायाधिवक्ता, उच्च सरकारी वकिल कार्यालय, पाटन

शिवप्रसाद पराजुली, स्रेस्तेदार, रोल्पा जिल्ला अदालत

लालसिंह थापा, इजलास अधिकृत, सर्वोच्च अदालत (काजः उच्च अदालत पोखरा, बागलुङ इजलास)

शम्भुप्रसाद रेग्मी, इजलास अधिकृत, सर्वोच्च अदालत

दीपेन्द्रनाथ योगी, स्रेस्तेदार, जुम्ला जिल्ला अदालत

दुर्गाप्रसाद बस्याल, इजलास अधिकृत, सर्वोच्च अदालत

दीपक धिताल, इजलास अधिकृत, सर्वोच्च अदालत

मेघनाथ चापागाई, उपसचिव, न्याय परिषद् सचिवालय

मीनबहादुर कुँवर, इजलास अधिकृत, सर्वोच्च अदालत

इन्द्रकुमार खड्का, इजलास अधिकृत, सर्वोच्च अदालत

नवराज कार्की, इजलास अधिकृत, सर्वोच्च अदालत

राजु ढुंगाना, स्रेस्तेदार, पर्वत जिल्ला अदालत

हरिसिंह धामी, उपसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

अरुण कुमार झा, उपसचिव, प्रदेश सभा सचिवालय, मधेश प्रदेस

डोलनाथ न्यौपाने, इजलास अधिकृत, सर्वोच्च अदालत

दुर्गाप्रसाद भट्टराई, स्रेस्तेदार, ललितपुर जिल्ला अदालत

ईश्वर आचार्य, अनुसन्धान अधिकृत, सर्वोच्च अदालत

मोहनबहादुर अधिकारी, उपरजिस्ट्रार, सर्वोच्च अदालत

नारदप्रसाद भट्टराई, स्रेस्तेदार, सुनसरी जिल्ला अदालत

गोपालप्रसाद थापा, फैसला कार्यान्वयन अधिकारी, काठमाडौँ जिल्ला अदालत

चन्द्रदेव भारती, स्रेस्तेदार, कालिकोट जिल्ला अदालत

ठाकुरप्रसाद पौडेल, उपरजिस्ट्रार, सर्वोच्च अदालत

ऋतबहादुर पुलामी मगर, स्रेस्तेदार, भक्तपुर जिल्ला अदालत

जयन्ती अवस्थी भट्ट, इजलास अधिकृत, सर्वोच्च अदालत

दीक्षा प्रधानांग, सम्पादक, सर्वोच्च अदालत

शारदादेवी पौडेल, स्रेस्तेदार, सिन्धुपाल्चोक जिल्ला अदालत

देवी चौधरी, स्रेस्तेदार, राजस्व न्यायाधिकरण काठमाडौँ

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: