१८ सहसचिवको सरुवा, काे कहाँ ?

दर्पण दैनिक १९ चैत्र २०७९,१७:४६
post

काठमाडाैं । सरकारले  १८ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका रामकृष्ण लामिछानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ भने विन्देश्वरप्रसाद लेखकलाई  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ल्याइएको छ । बद्रिनाथ गैरेलाई बुटवल उपमहानगरपालिकामा, पार्वती अर्याललाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा र शिवकुमार कार्कीलाई गृह मन्त्रालयमा सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा नारायणप्रसाद रेग्मीलाई सामाजिक विकास मन्त्रालय सुदूर पश्चिमको प्रदेश सचिबमा सरुवा गरिएको छ भने अस्मान तामाङलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय बाग्मती प्रदेशको सचिब बनाइएको छ । त्यहाँ सचिब सुरेश राउतलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । 

यस्तै  कृषि तथा पशुपन्छी विकास मन्त्रालयका डा नरहरिप्रसाद घिमिरेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश र त्यहाँ कार्यरत डा लेखराज दाहाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ । 

सरकारले  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी डा सुधा देवकोटालाई स्वास्थ्य मन्त्रालय कोशी प्रदेश र सो ठाउँका अनुज भट्टचनलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सरुवा गरेको छ । राष्ट्रिय दलित आयोगका नारायणप्रसाद शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीका कृष्णप्रसाद सापकोटालाई राष्ट्रिय दलित आयोगमा सरुवा गरिएको छ । 

यस्तै उद्योग , पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशका प्रदेश सचिब बद्रीराज ढुङ्गानालाई वन तथा वातावरण मन्त्रालय, आर्थिक मामिला मन्त्रालय, लुम्बिनी प्रदेशका प्रदेश सचिब दीपकराज नेपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, वन तथा वातावरण मन्त्रालयका सहसचिव विनोद प्रसाद देवकोटालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशका प्रदेश सचिब नवराज पुडासैनीलाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७