सती जानुपर्ने कुप्रथाविरुद्धको विद्रोहः ईही संस्कार

दर्पण दैनिक ३० बैशाख २०८१,११:४४
post

काभ्रे । काभ्रेको बनेपामा सामुहिक ईही कार्यक्रम सम्पन्न भएको छ । परम्परागत संस्कारलाई निरन्तरता दिनको लागि वाँख्यः टोलले सामुहिक ईहि कार्यक्रम गरेको हो । नेवार समुदायभित्र रजश्वला हुनु अगाडि ईही गराउने प्रचलन रहेको छ । ईहिलाई बेलविवाहको रुपमा समेत चित्रण गरिन्छ । बनेपास्थित जापाली गुठी घरमा सम्पन्न भएको ईही कार्यक्रममा समुदायका ३८ जना बालिकाहरु सहभागी रहेको आयोजक संस्थाका विश्वराम मानन्धरले जनाए । वैशाख २७ बाट सुरु भएको दुईदिने कार्यक्रम अक्षय तृतीयाको पावन अवसरमा सम्पन्न भएको छ ।


स्थानिय भाषामा ‘ई’ को अर्थ समय हुन्छ र ‘ही’ भनेको रगत हो । त्यसैले बालिकाको रजश्वला हुनु अगावै गरिने संस्कार नै ईही हो । ईही कार्यक्रममा सहभागी हुने बालिकाले दिनभरी ब्रत बसेर पूजाविधि बमोजिम कलश, बज्र, चक्र आदिको पूजाआजा गर्दछन् । बालिकाको आमा र बुवा अनिवार्य सहभागी भएर परम्परागत मान्यता बमोजिमका पूजा पाठ गर्दछन् । कार्यक्रम अवधिमा महिलाले गृहस्थी जीवनमा गर्नुपर्ने विभिन्न कामहरु समेत सिकाइन्छ । घर सफा गर्नको लागि कुचो लगाउने, खाना पकाउनको लागि सिलौटोमा मसला पिँध्नेदेखि अन्य घरायसी विधिहरु सिकाइन्छ ।


श्रीमानको मृत्यु पश्चात् श्रीमती पनि अनिवार्य सती जानुपर्ने कुप्रथालाई उन्मुलन गराउनको लागि सांस्कृतिक विद्रोहको रुपमा ईही संस्कार सुरु गरिएको कार्यक्रममा सहभागी भएका अग्रजले बताए । हुन पनि ईही कार्यक्रममा बेलसँग सांकेतिक रुपमा बालिकालाई विवाह गरिदिएर आमाबुवाले कन्यादान दिलाउने पूजाविधि गराइन्छ ।

त्यस्तै, तत्कालीन नेपाल मण्डलमा मुसलमानहरुले आक्रमण गर्दा अविवाहित किशोरीहरुलाई अपहरण गर्ने उर्दी जारी भएको बताइन्छ । त्यसैले सोही उर्दीबाट बालिकाहरुलाई बचाउन बेलसँग सांकेतिक रुपमा बिबाह गरिदिएर सिउँदोमा सिन्दूर राख्ने चलन सुरु भएको अर्कोथरी स्थानियहरु दाबी गर्दछन् ।


नेवार समुदायभित्र ईही परम्परा कहिलेदेखि सुरुआत भएको भन्ने विषयमा थप अध्ययन आवश्यक छ । खासमा नेवार समुदायभित्र प्रत्येक बालिकालाई बिजोर वर्षमा रजश्वला हुनु अगाडि यो संस्कार गराउनै पर्ने अनिवार्य प्रचलन रहेको छ । 
 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७