केपी ओलीलाई बालेनकाे चेतावनी- '१० करोडको काण्ड लुकाउन अर्को काण्ड नगर्नुहोला'

दर्पण दैनिक २१ जेष्ठ २०८१,११:३६
post

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । आज सामाजिक सञ्जालमार्फत मेयर बालेनले झापास्थित गिरीबन्धु टी–स्टेटमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ भनेर थम्थम्याएको आरोप लगाएका छन् । मेयर बालेनले महानगरले न्यूरोडमा बनाउन सुरु गरेको फुटपाथमा फेरि सडक निर्माण थालिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल–चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ’, उनले भने, ‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।’

उनले गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा ओलीको सहभागिताको इतिहास हेर्दा त्यहाँ ओलीलाई नभनी पात पनि नहल्लिने उल्लेख गरेका छन् । उनले भनेका छन्– ‘समयमै गिरीबन्धु टी–स्टेटमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।’

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७