रास्वपा सांसद विराजभक्त श्रेष्ठले दर्ता गरे संकल्प प्रस्ताव

दर्पण दैनिक २१ जेष्ठ २०८०,१५:१५
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डेंगु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गरेको छ ।

संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले गत वर्ष नेपालका ७७ वटै जिल्लामा डेंगु रोग फैलिएको, २८ हजार १०९ जनामा संक्रमण पुष्टि भएको र ३८ जनाको मृत्यु भएको उल्लेख गर्दै यसवर्ष वर्षायाम सुरु हुनुअघि नै सावधानी अपनाउनुपर्ने भन्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।

‘यो सरुवा रोगको नियन्त्रण, रोकथाम, उपचारलगायत पूर्वसावधानीको समयमै तयारी एवं पहल गर्न सरकारलाई जिम्मेवार एवं उत्तरदायी बनाउनका लागि संसदबाट निर्देशन जारी हुन आवश्यक देखिएको छ’ संकल्प प्रस्तावमा भनिएको छ ।

यस वर्ष पनि डेंगु रोगले महामारीको रुप लिन सक्ने प्रबल सम्भावना रहेको, विश्व स्वास्थ्य संगठनले नेपाललाई यो रोगको जोखिमयुक्त मुलुकको सूचीमा राखेको र डेंगु रोगका लागि प्रभावकारी औषधि हालसम्म पत्ता लागिनसकेको सांसद श्रेष्ठले बताएका छन् ।

संकल्प प्रस्तावमा डेंगु रोगको विषयमा ब्यापक जनचेतना जगाउनका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न, रोग सार्ने लामखुट्टे नियन्त्रण कार्यका लागि जनस्वास्थ्य निरीक्षकहरुलाई देशभर परिचालन गर्न सरकारलाई निर्देशन दिन माग गरिएको छ ।

त्यस्तै वर्षायाम सुरु हुनुअगावै महामारी रोकथाम एवं प्रतिकार्यका लागि आवश्यक तयारी गर्न, उपचारका लागि अस्पतालहरुको क्षमता वृद्धि गर्न र निजी क्षेत्रको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) र अन्य संघसंस्थाहरुको साधन स्रोत र क्षमताको अत्यधिक परिचालन गर्न पनि निर्देशन माग गरिएको छ ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७