नेपाली सेना र अमेरिकी सेनाबीच ‘ल्यान्ड फोर्स टक’ हुँदै आजदेखि

दर्पण दैनिक १३ चैत्र २०७९,०७:३५
post

काठमाडौं । नेपाल र अमेरिकाका सेनाबीच आजदेखि 'ल्यान्ड फोर्स टक' (एलएफटी) हुने भएको छ । काठमाडौंमा हुने दुई देशका स्थल सेनाबीचको संवाद तीन दिनसम्म चल्नेछ ।

क्षमता अभिवृद्धिका लागि हुने संवादमा दुई देशका सेनाबीच सहकार्यका सम्बन्धमा छलफल हुनेछ ।

संवादमा शान्ति मिसन, मानवीय सहयोग र विपद् प्रतिकार्य, क्षमता र विज्ञता आदानप्रदानबारे छलफल हुने नेपाली सेनाले जनाएको छ ।

संवादका लागि २२ सदस्यीय अमेरिकी टोली शनिबार नै काठमाडौं आइसकेको छ । नेपालका तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका अधिकारीसहित सेनाका रथी र अधिकृत गरी १४ सदस्यीय टोली सहभागी हुनेछ ।

सन् २०१८ देखि नेपाली र अमरिकी सेनाबीच ‘ल्यान्ड फोर्स टक’ हुँदै आएको छ ।
 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७