काठमाडौं । न्यायपरिषद्ले ११ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । बुधबार बसेको न्यायपरिषद्को बैठकले उनीहरुको सरुवा गरेको छ । यसै बैठकले भक्तपुरमा मुकाम रहने गरी गठन हुन लागेको बाल अदालतका लागि न्यायाधीशलाई जिम्मेवारी तोकेको छ ।
उच्च अदालतका न्यायाधीशहरू किरणकुमार पोखरेल र रेखा थापा पाण्डेलाई जिम्मेवारी तोकेको हो । नयाँ गठन हुन लागेको अदालतले काठमाडौं उपत्यकाका तीन जिल्ला र भक्तपुरको जिल्ला अदालतमा विचाराधीन रहेका बाल इजलासका मुद्दा हेर्नेछ ।
सरुवा भएका न्यायाधीशहरुको सूची
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google