सीसीटिभी क्यामरा जडान गर्न नेपाल प्रहरीलाई काठमाडौं महानगरले ६ करोड रुपैयाँ दिने

दर्पण दैनिक ७ बैशाख २०८०,२१:०१
post

काठमाडौं । महानगरपालिका क्षेत्रभित्र सीसीटिभी (क्लोज सक्र्युट टेलिभिजन) जडान र सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई रकम उपलब्ध गराउने भएको हो । यसका लागि आज प्रमुख बालेन्द्र शाह (बालेन) को रोहबरमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच सम्झौता पत्रमा हस्ताक्षर भयो ।

उपलब्ध गराइने रकममध्ये ५० प्रतिशत अर्थात् ३ करोड रुपैयाँ आउँदो १५ दिन भित्र र बाँकी रकम खरिद सम्झौताबमोजिम कार्य सम्पादन भएपछि भुक्तानी दिइनेछ ।  

सम्झौतापछि महानगरका प्रमुख शाहले, सहरी व्यवस्थापनसँग सम्बन्धित अवस्था हेर्न महानगरभित्रै पनि सीसीटिभी निगरानी कक्ष स्थापना गर्नु पर्नेमा जोड दिए । ‘सहरलाई व्यवस्थापन गर्ने र सार्वजनिक सरोकार जस्ता विषयमा नेपाल प्रहरीसँग सहकार्य जारी छ । यो नियमित हुनेछ ।’ प्रमुख शाहले भने । 

‘नेपाल प्रहरीले महानगरसँग धेरै क्षेत्रमा सहकार्य गर्न सक्छ । महानगरपालिकाले युवा प्रमुख प्राप्त गरेपछि सुधारका काममा हामी पनि उत्साहित छौँ ।’ अतिरिक्त महानिरीक्षक ज्ञवालीले भने, ‘महानगरका क्षेत्रगत काममा प्रहरी जोडिन सक्छ ।’

'नेपाल प्रहरीसँग सीसीटिभी क्यामरा सञ्चालन सम्बन्धी प्राविधिक जनशक्ति छन् । यसलाई निगरानी गर्ने संयन्त्रसँग अनुभव छ । यसकारण हामीले नेपाल प्रहरीलाई सीसीटिभी क्यामरासँग सम्बन्धित कामका लागि सहयोग गरेका हौँ ।' महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको भनाइ छ । 

सम्झौतामा उल्लेख गरिएको कामहरु गृह मन्त्रालयबाट जारी भएको सीसीटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधिलाई आधार कार्यान्वयन गरिनेछ । सीसीटिभी रिङ् नेटवर्क टोपोलोजी, भिडियो व्यवस्थापन प्रणाली, मर्मत सम्भार तथा निगरानीका लागि छुट्टै सवारी सम्बन्धी योजना तयार पारिनेछ । यसका लागि ६ जना पदाधिकारी रहने समिति हुनेछ । 

यसमा महानगरकातर्फबाट सूचना प्रविधि विभागका प्रमुख, नगर प्रहरी बलका प्रमुख, सूचना प्रविधि शाखा प्रमुख रहनु हुनेछ । यस्तै नेपाल प्रहरीकातर्फबाट प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयका प्रतिनिधि १ जना, काठमाडौँ उपत्यका प्रहरी कार्यालय सञ्चार शाखा प्रमुख १ जना र प्रहरी कार्यालयमा कार्यरत प्राविधिक अधिकृत प्रतिनिधि १ जना रहनेछन् । 

सम्झौताबमोजिम राखिने सीसीटिभी क्यामराहरु पीटीजेड (प्यान, टिल्ट, जुम) विशेषताका हुनेछन् । क्यामरा जडान भएका ठाउँहरुमा रात्रीकालीन दृश्य हेर्नका लागि सडक वत्तीको व्यवस्था गरिनेछ । निगरानी कक्षका लागि छुट्टै वैकल्पिक पावर सिस्टमको व्यवस्था गरिनेछ ।  महानगरको भौगोलिक क्षेत्रभित्र दुवै पक्षको नीति र आवश्यकताका आधार सीसीटिभी राख्ने स्थान एकिन गरिनेछ । 

शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता  सहरी सुशासनसँग सम्बन्धित गतिबिधि निगरानी गरिने 
महानगरका वडाहरुले जडान गर्ने सीसीटिभी क्यामरा जडानका लागि नेपाल प्रहरीले प्राविधिक सहयोग गर्ने, प्रणालीमा आवद्ध गर्ने, उपकरण तथा संयन्त्र हस्तान्तरण गरि लिनदिन सक्नेछ । 

सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालका अनुसार यसअघि २०७५ फागुन १५ गते सम्झौता गरेर महानगरले प्रहरीलाई ३ करोड रुपैयाँ उपलब्ध गराएको थियो । त्यस सम्झौताबमोजिम जडान गरिएका १६५ वटा सीसीटिभी क्यामरामध्ये अहिले १५८ वटा चालु अवस्थामा छन् । राखिएकामध्ये सडक विस्तारका क्रममा ७ वटा प्रयोग विहिन भए । उपत्यका प्रहरी कार्यालय रानीपोखरीकाअनुसार उपत्यकामा भएका ३ हजार २३१ सीसीटिभी क्यामरामध्ये १ हजार ५१ वटाको दृश्य कन्ट्रोल रुमबाट निगरानी हुन्छ 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: