डिआईजी अर्जुन चन्द ठकुरीले सम्हाले कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

दर्पण दैनिक २२ जेष्ठ २०८१,०६:५४
post

काठमाडाैं । डिआईजी अर्जुन चन्द ठकुरीले कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् । नेपाल सरकार तथा गृह मन्त्रालयको निर्णायानुसार नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालको पत्रादेशले कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा कार्यालय प्रमुखको रूपमा काज सरूवा भएका डिआईजी अर्जुन चन्द ठकुरीले कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन्  

नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली प्रदेश सुर्खेतका एसएसपी सन्जिव शर्मा दास र एसएसपी बीर बहादुर ओली, प्रहरी उपरीक्षकहरू, प्रहरी नायव उपरीक्षकहरू, प्रहरी निरीक्षकहरू लगायत जुनियर प्रहरी अधिकृत तथा जवानहरूले चन्दलाई कार्यालयमा स्वागत गरेका हुन् । 

उक्त कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राम प्रकाश शाह, नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँकेका प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती, एसपी विनोद शर्मा, जिल्ला प्रहरी कार्यालय सर्खेतका एसपी रुपेश खड्का, कर्णाली प्रदेश प्रहरी गण सुर्खेतका डिएसपी रिपेन्द्र कुमार सिंह, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक राजन पौडेल लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिती रहेको थियो ।

स्वागत पश्चात प्रहरी नायव महानिरीक्षकले अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण ओलगरी सलामी ग्रहण गरी कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवम् पीडितमैत्री सेवा प्रवाह, अनुशासित, ईमान्दार, लगनशिल, कर्तव्यनिष्ठ भई काम गरी राम्रो आचरण व्यवहार प्रदशित गरी काम गर्न निर्देशन दिए ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७