
काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरूमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
पेश भएका सात वटा रिट निवेदनहरू दर्ता गर्दै सर्वोच्च अदालतले ४ मंसिर लागि पहिलो पेशी तोकेको हो । प्रारम्भिक सुनुवाइको दिन एकजना न्यायाधीशको एकल इजलासमा मुद्दाको सुनुवाइ हुनेछ ।
रिट निवेदन पेश गरेका कानून व्यवसायीहरूले तत्काल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने भनी अन्तरिम आदेशको मागसमेत राखेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसपछि सरकारको उक्त निर्णयको पक्ष र विपक्षमा बहस सुरु भएका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google