काठमाडौँ । नेपाल नागरिकता दोस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा गणकपुरक संख्या नपुग्दा निर्णयार्थ पेश हुन नसकेको सो विधेयक आजको बैठकमा पेश गरिएको थियो ।
सभामुख देवराज घिमिरेले निर्णयार्थ पेश गरेको उक्त विधेयक बहुमतले पारित भएको हो । अब उक्त विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार इच्छुक सांसदहरूले आफ्नो संशोधन पेस गर्न सक्ने घिमिरेले बताए । आइतबार नै उक्त विधेयक स्वीकृत गर्न खोजिए पनि गणपूरक संख्या पुगेको थिएन ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google