प्यूठान । स्वर्गद्वारी मन्दिरको दर्शनगरी फर्किन लागेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
प्यूठानको भिंग्री नजिकै लु १ च ६३४५ नम्वरको कार आज दिउसो भीरबाट खस्दा ८ जनाको मृत्यु बताइएकाे छ ।
प्रहरीका अनुसार शव अस्पताल लगिएकाे छ । लमही ५ का चालक तारा कुमाल बाहेक अन्य मृतकको पहिचान खुलेको छैन् । घटनाको थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google