नयाँ बसपार्कका होटलमा नाबालिकालाई यौनजन्य क्रियाकलापमा लगाउने २४ वर्षीय सुमन तामाङ पक्राउ

दर्पण दैनिक ५ पुष २०८०,२०:४२
post

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-९ नयाँ बसपार्कमा रहेका विभिन्न होटल/गेष्ट हाउसहरूमा नाबालिकालाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय सुमन तामाङलाई पक्राउ गरेको हो ।


उनले वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाइएका नाबालिकाहरूलाई उद्धार गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेका तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा उनले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई फकाएर होटल/गेष्ट हाउसहरूमा वेटर तथा सरसफाइको काममा लगाई दिने भन्दै वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको पाइएको छ । 

बालिकालाई वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाएवापत ग्राहकबाट प्रति व्यक्ति पाँच हजारदेखि ७ हजारसम्म लिने गरेको खुलेको छ । 
बालिकाहरूलाई एकै लहरमा राखेर ग्राहकलाई रोज्न लगाउने र रेट निर्धारण गरी यौनजन्य क्रियाकलापका लागि पठाउने गरेको अनुसन्धानका क्रममा खुलेको हो । 

पीडित बालिकाको वास्तविक नाम परिवर्तन गरी नयाँ उपनाम दिई वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाइएको अवस्थामा भेटिएका उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित आवास गृहमा राखेको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: