
काठमाडौँ । काठमाडौँ महानगरपालिका-३२ पेप्सिकोला छाप्रो चोक नजिक सडकमा जडिबुटीबाट पेप्सिकोला चोकतर्फ आउँदै गरेको बा.४ ख ५७५४ नम्बरको बसबाट खसेर बसमा सवार काठमाडौं पेप्सीकोला बस्ने दोलखा चरिकोट घर भएकी ६५ वर्षीया राम कुमारी भुजेलको मृत्यु भएको छ । शनिबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएकी उनको अन्नपुर्ण अस्पतालमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्युठान, प्युठान नगरपालिका-८ तालस्थित सडकमा बिजुवारबाट नौबहिनीतर्फ जाँदै गरेको रा.१ झ २३६ नम्बरको एम्बुलेन्स र लु.३७ प ७०२४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक नौबहिनी गाउँपालिका-१ स्याउलिवाङ बस्ने २१ वर्षीय कुशल गौचन थकालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही, गोडैता नगरपालिका-७ स्थित सडकमा फुलपरासीबाट गोडैतातर्फ आउँदै गरेको ज. १ ह ५१२१ नम्बरको अटो अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही नगरपालिका-६ बस्ने ६५ वर्षीय अनति दासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)












































































.jpeg)









प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google