
काठमाडौं । भक्तपुर चाँगुनारायण नगरपालिकामा अवस्थित श्रीवन धाममा यही जेठ १५ गतेदेखि ब्रह्मोत्सव सुरु हुने भएको छ । धाममा रहेको पञ्चमहालक्ष्मी मन्दिरमा पञ्चमहालक्ष्मीसँगै श्रीमुक्तिनाथ भगवान्को समेत ब्रह्मोत्सव हुन लागेको अखण्डज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रष्टले जनाएको छ ।
यो धाममा गरिएको १२ औं ब्रह्मोत्सव हो । ब्रह्मोत्सवमा नित्यपूजाका अलावा नित्यपूर्णाहूति, विष्णु सहस्रनाम पाठ पारायण, भगवानको रथारोहण, विवाहोत्सव आदि धुमधामका साथ गर्न लागिएको ट्रस्टले जनाएको छ । ब्रह्मोत्सव जेठ १५ गतेसम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google