काठमाडौं । माल्दिभ्स पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खोटाङ बाक्सिला ४ घर भई हाल जिल्ला काठमाण्डौं काडाँघारी बस्ने बर्ष ४३ की फूलमाया खत्रीलाई पक्राउ गरेको हो ।
खत्रीले प्रकाश बुढाथोकीलाई वैदेशिक रोजगारीको लागि माल्दिभ्स पठाईदिन्छु त्यसकोलागि पाँच लाख रुपैयाँ लाग्छ, माल्दिभ्स पुगेपछि प्रतिष्ठित कम्पनीमा सेक्युरिटी गार्डमा काम लगाइदिन्छु, मासिक एकलाख रुपैयाँ तलव हुन्छभनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा चार लाख चालीस हजार रुपैयाँ रकम लिई फरार भएको प्रहरी जनाएको छ ।
फरार फूलमाया खत्रीलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google