फेक फेसबुक अकाउन्ट खोलेर नाबालिकालाई अश्लिल म्यासेज तथा भिडियो-फोटो पठाउने युवक पक्राउ

दर्पण दैनिक २१ माघ २०८०,१७:२८
post

काठमाडौं । फेसबुकमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा कीर्तिपुरका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–१० मानाटोल स्थायी घर भएका ३७ वर्षीय राजकुमार महर्जन छन् ।

उनलाई केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो। पक्राउ परेका महर्जन विरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसार ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ। 

उनले एक नाबालिकाको नाम र तस्बिर राखेर फेक फेसबुक अकाउन्ट खोलेर साथी बनाउँदै अश्लिल म्यासेज तथा भिडियो-फोटो पठाउने गरेको साइबर ब्यूरोले जनाएको छ । 

पीडित बालिकाको आफन्तले साइबर ब्यूरोमा जाहेरी दिएपछि उनलाई भोटाहिटी चोकबाट माघ १८ गते प्रहरीले पक्राउ गरिएको थियो ।        

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: