जलाइएका भवन सफा गरेर नियमित काममा कार्यक्षेत्रमा खटिंदै प्रहरी

दर्पण दैनिक २७ भाद्र २०८२,०९:२३
post

काठमाडाैँ । जेनजी आन्दोलनका क्रममा उपत्यकामा रक्षात्मक अवस्थामा पुगेको नेपाल प्रहरी फेरि कार्यक्षेत्रमा खटिन थालेको छ । मंगलबार दिउँसो आन्दोलनकारीले चौतर्फी आक्रमण गर्नुका साथै प्रहरीका अधिकांश कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । यस क्रममा केही प्रहरीको मृत्युसमेत भएको छ ।

आन्दोलकारीले प्रहरीका अधिकांश संरचनासँगै बन्दोबस्तीका सामान र पोशाकसमेत जलाइदिएपछि प्रहरी विस्थापित हुन पुगेको थियो । आन्दोलनकारीको निशानामा परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कामसमेत बिहीबारदेखि आंशिक रूपमा सुरु भएको छ । 

कार्यालयको भवन आगजनी र तोडफोडका कारण तत्काल काम अघि बढाउन सक्ने अवस्थामा नरहेकाले यहाँको काम नेपाल पुलिस क्लबबाट सुरु गरिएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरीका लागि पोशाक तथा अन्यावश्यक सामग्रीका लागि आवश्यक सहजीकरण गरिरहेको काठमाडौं उपत्यका प्रहरीका प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए । 

बस्न सकिने भवनहरूमा पुरानै भवनबाट र बस्न अयोग्य भएका स्थानमानजिकैका स्थानबाट प्रहरीले नियमित काम सुरु गरेको उनले बताए । प्रहरीले नियमित ड्युटीमा फर्किएसँगै जलेका संरचना र सामग्रीको क्षतिको मूल्यांकन गर्ने कामसमेत सुरु हुने खनालले शिलापत्रलाई जानकारी गराए । आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरी कार्यालयलाई निशाना बनाउँदा सयौं सवारी साधनसमेत जलेर नष्ट भएका छन् ।
 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: