
काठमाडाैं । वैवाहिक बलात्कारको अभियोग लागेका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । प्रहरीले गिरीलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
आफूलाई न्यायाधीश गिरीले जबर्जस्ती करणी गरेको भन्दै श्रीमतीले दिएको जाहेरीका आधारमा न्यायाधीश गिरी पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय कपिल्वस्तुको मागअनुसार पक्राउ पुर्जी जारी भएको थियो । उनीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले गत साता पक्राउ पुर्जी जारी गरेको थियो ।
गिरी एक महिनाअगाडि न्यायपरिषद्मा सरुवा भएर आएका थिए । त्यसअघि उनी जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश थिए । पक्राउ परेका गिरीलाई कपिलवस्तु पठाउने प्रहरीको तयारी छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google