
जनकपुरधाम । मिथिलामा आजदेखि औपचारिक रूपमा छठ पर्व सुरु भएको छ। मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई यतिबेला सिँगार्ने काम भइरहेको छ ।
जनकपुरमा रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको हो ।
त्यस्तै, छठ पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेको बजारमा अहिले भीड लागेको छ । जनकपुरधामका बजारहरूमा बाँसबाट र माटोबाट बनेका सामग्रीहरू जताततै बिक्री भइरहेका छन् ।
छठ पर्वमा बाँस तथा माटोबाट बनेको सामानहरू शुद्ध मानिने भएकोले यसको माग अहिले बजारमा बढेको छ। मिथिलानीहरू अहिले माटोबाट बनेको घैँटो, हात्ती त्यस्तै बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपतीलगायतको सामान किन्नमा व्यस्त छन् ।
चारदिनसम्म मनाइने छठपर्व शनिबारदेखि भने औपचारिक रूपमा सुरु हुँदैछ। चार दिनको यस पर्वमा बर्तालुले दुई दिन बिना अन्नपानी भोकै बस्नुपर्दछ। यस पर्वअन्तर्गत पहिलो दिन आज ‘नहाय–खाए’ हुनेछ। दोस्रो दिन आइतबार दिनभरि उपवास बसी रातिमा ‘खीर’ बनाई देउतालाई चढाएर खानेछन्। यस विधिलाई ‘खरना’ भनिन्छ ।
त्यस्तै, मूल दिन सोमबार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अघ्र्य दिइन्छ ।
यस्तै, छठपर्वको अन्तिम दिन मङ्गलबार बिहानपख उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएर पर्वको समापन गर्ने प्रचलन छ । रासस















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)












































































.jpeg)






































































-1787461102.jpg)





.jpeg)


प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google