काठमाडाैँ । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा आवेदन आह्वान गर्दै सूचना प्रकाशित गरेको छ ।
शुक्रबार एक सूचना प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले ६४ जना इन्स्पेक्टर र २५६ जना असई पदका लागि आवेदन आह्वान गरेको हो । सूचनाअनुसार ३० भदौदेखि ३० असोजसम्म अनलाइन प्रणालीबाट आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google