माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा, के गर्न पाइदैन् ?

दर्पण दैनिक ४ मंसिर २०८०,१९:४२
post

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म एक महिनाका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबार आदेश जारी गर्दै यो क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा लगायतका आन्दोलन तथा विरोधका कार्यक्रम गर्न नपाइने जनाएका छन् ।


जिल्ला प्रशासन कार्यालयले पद्मोदय मोडदेखि सिंहदरवारको पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरेको छ । यो क्षेत्रमा मंसीर ४ देखि ३० गतेसम्म प्रदर्शन गर्न पाइने छैन ।

शान्ति, सुरक्षा तथा सर्वसाधारण नागरिकको सेवा प्रवाहलाई ध्यानमा राखेर आदेश जारी गरिएको जनाइएको छ । जिल्ला सुरक्षा समितिको सिफारिसमा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जनाएका छन् ।

नेकपा (एमाले) को भातृ संस्था युवा सङ्घ नेपाल र अभियान्ता दुर्गा प्रसाईँले मंसीर ७ गते माइतीघर मण्डलमा प्रदर्शन गर्ने तयारी गरेका थिए। दुवै पक्षले एउटै ठाउँमा प्रदर्शन गर्न लागेपछि स्थानीय प्रशासनले छलफलका लागि बोलाएको थियो ।

सोमबार दुवै पक्षसँग भएको छलफलपछि स्थानीय प्रशासनले दुवै पक्षलाई माइतीघर मण्डलमा प्रदर्शन गर्न नदिने निर्णय गरेको थियो । यससँगै मंसीर महिनाभर माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म पनि प्रदर्शनमा रोक लगाएको हो ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: