
काठमाडाैं । ललितपुरको पुल्चोकस्थित स्क्वायर होटलकी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटलकी सञ्चालक ललिता देवकोटा भण्डारी छिन् । उनलाई शनिवार पक्राउ गरिएको ललितपुर प्रहरीका एसपी नवराज कार्कीले जानकारी दिए ।
उनका अनुसार अर्की सञ्चालक रोमी अर्याल भने फरार छिन् । उनीहरू नातामा सासु-बुहारी हुन् । अर्यालको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
गत भदौमा जाउलाखेलका सजीलमान शाक्य होटल स्क्वायरमा स्विमिङ गर्ने क्रममा करेन्ट लागेर बेहोस भएका थिए । ४१ वर्षीय सजिलमान झण्डै पाँच महिनादेखि अचेत अवस्थामा छन् । उनको उपचार भइरहेको छ । त्यसपछि उनको परिवारले होटलका सञ्चालकहरू अर्याल र भण्डारीविरूद्ध जाहेरी दिएका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google