
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २ नेपाली राजदूतलाई अन्य २ देशका लागि गैर आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम राष्ट्रपति पौडेलले राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकको लागि र राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि गैर आवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
तामाङ दक्षिण अफ्रिकाका लागि र सुवेदी स्विटजरल्याण्डका लागि नेपालका आवासीय राजदूत हुन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google