काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)ले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् । उनले महानगरपालिकाको गाडी संघीय सरकारले रोकेको भन्दै यस्तो धम्की दिएका हुन् ।
‘आजको लागि केही भएन । भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले सरकारलाई ‘चोर’को संज्ञा समेत दिएका छन् । उनले भनेका छन्, ‘याद राख चोर सरकार !’
बालेनले सरकारको कामकारबाहीप्रति निरन्तर कटाक्ष गर्दै आएका छन् । तर, पछिल्लो समय शनिबार भने उनले यस्ताे अभिव्यक्ति दिएका हुन् ।