
काठमाडौं । नेपाल प्रहरीका दुई एआईजी मीरा चौधरी र सन्दीप भण्डारी उमेरहदका कारण अवकाशमा जाने भएका छन् । ५ फागुन २०५२ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका दुवै जना एकैसाथ अवकाश हुन लागेका हुन् ।
चौधरी र भण्डारी आगामी वैशाख ५ गते र ७ गते अवकाशमा जानेछन् । नेपाल प्रहरीमा एआईजीको पदावधि ५ वर्ष रहेको छ भने उमेर ५६ वर्ष तोकिएको छ । जसअनुसार एआईजी चौधरीको जन्म २०२५ वैशाख ७ गते हो भने भण्डारीको २०२५ वैशाख ५ गते हो । अवकाशमा जान लागेकी चौधरी प्रहरी प्रशासन विभाग प्रमुख छन्, भने भण्डारी प्रहरी प्रतिष्ठान प्रमुख छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google