
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकका बीच मनाइँदै गरेको बडादसैँले नेपाली समाजमा एकता र सद्भाव थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
विजयादशमी, २०८३ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै लामिछानेले विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले शोकमा रहेका परिवारजनप्रति समवेदना व्यक्त गर्दै विपत्तिका कारण घरबारविहीन र विस्थापित भएका हजारौँ परिवारको दुःखप्रति संवेदना प्रकट गरेका छन् ।
यस वर्षको दसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै उनले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतिको शुभकामना दिएका छन् ।
असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश बोकेको दसैँले सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति र सद्बुद्धि प्रदान गरोस् भन्ने कामना पनि उनले गरेका छन् ।
नवदुर्गा भवानीले सबैलाई सङ्कटसँग जुध्ने साहस प्रदान गरून् भन्दै लामिछानेले दसैँले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न नयाँ ऊर्जा दिने विश्वास व्यक्त गरेका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)





































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google