काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का काठमाडौं उपत्यकाभित्रबाट निर्वाचित संघीय तथा प्रदेश सांसदहरुले कृषि तथा पशुपन्छी मन्त्री वेदुराम भुषाललाई ज्ञापन पत्र बुझाएका छन् । पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठको नेतृत्व तथा वागमती प्रदेश सभाका एमालेका प्रमुख सचेतक मधुसूदन पौडेललको संयोजनमा उक्त ज्ञापन पत्र बुझाइएको हो ।
कृषि क्षेत्रमा देखा परेका समस्याहरु मलको अभाव, स्वदेशी उत्पादनको बजार अभाब, कालाबजारी लगायतको समस्याहरुको तत्काल समाधान गर्दै किसानहरुको समस्यालाई अविलम्ब सम्बोधन गर्नका लागि ज्ञापन पत्र बुझाउनु भएको हो ।
ज्ञापनपत्रको पूर्णपाठ
माननीय मन्त्री ज्यू
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
सिंहदरबार, काठमाण्डौ ।
विषय : ज्ञापन पत्र सम्बन्धमा ।
कृषि पेशा नेपाली जनताको जीवन धान्ने प्रमुख आधार भएको विषय जगजाहेर नै छ । तथापि कृषिप्रधान मुलुक नेपालमा हाल कृषि क्षेत्रमा अनेकन जटिलता र समस्याहरु देखापरिरहेका छन् । एकातर्फ किसानहरुको मुख्य बाली धान रोपाई गर्ने समय आईसक्दा समेत बजारमा कृषि मलको चरम अभाव रहेको छ । कालाबजारीयाहरुले प्रतिबोरा रु.१३०० पर्ने रासायनिक मल रु. २८००।– सम्ममा बिक्रि गरिहेको देखिन्छ । कालाबजारीयाहरुको यति ठुलो मनपरीतन्त्रमा सरकार मुखदर्शक बनिरहेको छ । त्यस्तै स्वदेशी तरकारी व्यवसायीहरुले आफ्नो उत्पादनको उचित मुल्य पाउन नसक्दा हरेक दिनजसो तरकारीलाई सडकमा फालिरहेको अवस्था छ । भारतबाट आयातित तरकारीहरु क्वारेन्टाइन परिक्षण विना नै बजारमा निर्वाध रुपले बिक्री बितरण भईराखेका छन् । कृषि मल कारखाना खोल्ना विषय सरकारको नारामा मात्र सीमित भएको छ । फलस्वरुप कृषि उत्पादन बृद्धिको प्रमुख आधारको रुपमा रहेको मलको अभावले कृषि क्षेत्र थप धरासयी बन्दै गइरहेको छ । अर्कोतर्फ सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम नाममा मात्र सिमित रहेको । तसर्थ नेकपा (एमाले) का संघ तथा बागमती प्रदेशका तपसिल बमोजिमका सांसदहरुको तर्फबाट कृषि क्षेत्रमा देखा परेका समस्याहरुको तत्काल समाधान गरि किसानहरुको समस्यालाई अबिलम्ब समाधान गर्न यो ज्ञापन पत्र बुझाएका छौं ।
तपसिल
माननीय कृष्णगोपाल श्रेष्ठ, संघीय सांसद
माननीय प्रेम बहादुर महर्जन, संघीय सांसद
माननीय मधुसूदन पौडेल, बागमती प्रदेश सभा सांसद
माननीय रामेश्वर श्रेष्ठ, बागमती प्रदेश सभा सांसद
माननीय रघुनाथ महर्जन, बागमती प्रदेश सभा सांसद
माननीय प्रेमभक्त महर्जन, बागमती प्रदेश सभा सांसद
माननीय केशव पोखरेल, बागमती प्रदेश सभा सांसद
माननीय जयराम थापा, बागमती प्रदेश सभा सांसद
माननीय अमन कुमार मास्के, बागमती प्रदेश सभा सांसद
माननीय प्रकाश श्रेष्ठ, बागमती प्रदेश सभा सांसद
माननीय किरण थापा, बागमती प्रदेश सभा सांसद
माननीय सकुन्तला श्रेष्ठ, बागमती प्रदेश सभा सांसद
माननीय उर्मिला सुनुवार, बागमती प्रदेश सभा सांसद
माननीय विन्दु श्रेष्ठ, बागमती प्रदेश सभा सांसद
माननीय मायाकुमारी कार्की, बागमती प्रदेश सभा सांसद


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)
































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google