हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । मङ्गलबार मुख्यमन्त्रीमा नियुक्ति भएका लामालाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ ग्रहण गराएका हुन् ।
यसपछि अन्य मन्त्रीहरुको समेत आजै शपथ ग्रहण हुने बताइएको छ । यससँगै एमालेका मन्त्री र कांग्रेसका मन्त्रीहरू गरी १३ सदस्य मन्त्रिपरिषद् समेत आजै गठन हुनेछ ।